नेपाली समुदाय

नेपाली जनसम्पर्क समिति अमेरिकाले गर्यो रसुवा बाढीपीडितका लागि १ करोड ५ लाखभन्दा बढी सहयोग-दाताहरूको विवरण सहित

(नेजस)अमेरिका॥हालसालै भोटेकोसी  नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ नेपाली जनसम्पर्क समिति,अमेरिकाले अग्रसरता देखाउँदै  सञ्चालन गरेको आर्थिक राहत संकलन अभियानबाट १ करोड ५ लाख३३ हजार ९ सय ४४ रुपैयाँ संकलन भएको छ।

समितिका सभापति मुनिन्द्र नेम्बाङका अनुसार  नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार सञ्चालन गरिएको उक्त अभियानमा अमेरिकास्थित विभिन्न च्याप्टर समितिहरू तथा व्यक्तिगत रूपमा सहयोग गर्ने दाताहरूको सहभागिता रहेको थियो। सभापति नेम्बाङले आफ्नो फेसबुक पानामार्फत स्पष्ट विवरण सार्वजनिक गरेका हुन।यस्तो  छ सार्वजनिक विवरण:



Chapter

Number of Donors

Chapter Total

Central Committee 31 $4,479.00
West TX 24 $2,894.00
Michigan Chapter 7 $505.00
Wisconsin Chapter 26 $5,145.00
Colorado Chapter 44 $10,140.11
New Jersey 10 $583.00
Virginia Chapter 30 $2,600.55
Maryland Chapter 128 $10,645.00
Connecticut Chapter 23 $2,016.00
S CA Chapter LA 23 $3,000.11
Long Island Chapter 21 $1,310.00
Kansas City 1 $500.00
North Carolina Chapter 8 $1,858.00
Northern CA Chapter 19 $2,846.00
New York Chapter 110 $10,891.11
Nevada Chapter 4 $667.00
Georgia Chapter 8 $1,106.00
Dallas Chapter 47 $5,000.00
Bharat Aryal TX


1


$3,378.00


GRAND TOTAL

$69,563.88

जनसम्पर्क समिति अमेरिकाका च्याटर सभापतिहरूको अगुवाइमा संकलिक सहयोग रकम लिस्ट//तस्बिर-जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्बाङको फेसबुकबाट

समितिले जारी गरेको धन्यवादपत्रमा राष्ट्रिय विपत्तिको कठिन समयमा राहत संकलन अभियानमा सक्रियतापूर्वक सहभागी हुने सम्पूर्ण च्याप्टर समितिहरू, च्याप्टरमार्फत स्वेच्छिक आर्थिक सहयोग गर्ने सहयोगी दाता तथा अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरिएको छ।

समितिले अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानका संयोजक तथा संस्थाका वरिष्ठ उपसभापति विनोद भट्ट, महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोखरेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता, सहयोग र समन्वयप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

संकलित राहत रकममध्ये रु. १,०५,३३,९४४ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मार्फत जम्मा गरिएको समितिले जनाएको छ।

तस्बिर/दाता-भरत अर्याल (१४ अौ महासमिति सदस्य) र मुनिन्द्र नेम्बाङ -सभापति (नेपाली जनसम्पर्क समिति अमेरिका )

समितिका सभापति  नेम्बाङद्वारा जारी धन्यवाद ज्ञापनपत्रमा देशमा विपद परेको यो कठिन समयमा सहयोग गर्ने सम्पूर्ण संस्था, शुभेच्छुक, सहयोगी तथा दाताहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सहयोग र सामाजिक एकताका लागि सहकार्य जारी रहने उल्लेख गरिएको छ।

“राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा देखाइएको मानवीय संवेदना, सद्भाव, सहयोग र एकताप्रति हार्दिक आभार” व्यक्त गर्दै समितिले सबै सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको हो।सभापति नेम्बाङले आफ्नो फेसबुक वालबाट सहयोगको अपिल गर्दै लेखेका थिए:

सहयोगका लागि हार्दिक अपिल ।

आदरणीय साथिहरू,
जय नेपाल !
मिति-अगष्ट ३०, २०२६
यही अगष्ट २५, २०२६ मा नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी भीषण बाढीका कारण मातृभूमि नेपाल गम्भीर प्राकृतिक विपत्तिको चपेटामा परेको छ। यस राष्ट्रिय विपत्तिको दुःखद् घडीमा बाढी प्रभावित परिवारहरूको राहत, उद्धार तथा सुरक्षित पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विश्वभर रहेका नेपाली जनसम्पर्क समितिहरूलाई आर्थिक सहयोग संकलन गर्न निर्देशन दिएको छ।

सोही निर्देशनअनुसार नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्ना २६ वटै च्याप्टरमार्फत संस्थामा आबद्ध साधारण तथा क्रियाशील सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, अग्रज नेतागण, शुभेच्छुक तथा अमेरिकावासी सम्पूर्ण कांग्रेसजनबाट मात्र स्वेच्छिक राहत सहयोग संकलन गर्ने अभियान प्रारम्भ गरेको छ।

यस विषम परिस्थितिमा संस्थाका सम्पूर्ण आदरणीय नेता, सदस्य तथा शुभेच्छुकहरूलाई एकताबद्ध भई यस मानवीय अभियानमा सक्रियतापूर्वक सहयोग गरिदिनहुन हार्दिक बिनम्र अनुरोध गर्दछौँ ।
नेपाली जनसम्पर्क समिति, अमेरिकामार्फत संकलित सम्पूर्ण राहत रकम नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गरी बाढीपीडित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याइने प्रतिबद्धता सम्पूर्ण सहयोगी दाताहरूमा व्यक्त गर्दछौँ।
राहत संकलन कार्यलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन अगष्ट २६ र २७ गते केन्द्रीय कार्यसमिति तथा च्याप्टर सभापतिहरूसँग सम्पन्न आकस्मिक बैठकबाट संस्थाका वरिष्ठ उपसभापति विनोद भट्टको संयोजकत्वमा महामन्त्री नारायण खनाल , कोषाध्यक्ष नारायण पोखरेल, सदस्य हरि खनाल र युवा मामिला उपसभापति महेन्द्र बस्नेत रहेको पॅाच सदस्यीय राहत संकलन समिति गठन गरी आवश्यक कार्य अगाडि बढाईसकिएको जानकारी गराउॅदछौं ।
अतः राष्ट्रिय विपत्तिमा परेको मातृभूमिलाई सहयोग गर्ने यस मानवीय अभियानमा आफूले सक्दो सहयोग गरी विपत्तिमा परेका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिन संस्थाका सबै साधारण तथा क्रियाशील सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, अग्रजहरू, नेतागण, शुभचिन्तक तथा अमेरिकावासी सम्पूर्ण कांग्रेसजनमा नेपाली जनसम्पर्क समिति, अमेरिकाको तर्फबाट हार्दिक अपिल गर्दछौँ।
नोट- यो राहत संकलन अभियान तीन दिनसम्म मात्र सञ्चालन गरिन्ने छ । धन्यवाद !

मुनिन्द्र नेम्बाङ
सभापति
नेपाली जनसम्पर्क समिति, अमेरिका

नेम्बाङले सबै दाताहरूलाई धन्यवाद  दिदै आफ्नो फेसबुकमा लेखेका छन:

हार्दिक आभार एवं धन्यवाद ।
मिति- 09/20/2026
यही २०८३ साल भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडित परिवारहरूको सहयोगार्थ, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशानुसार नेपाली जनसम्पर्क समिति, अमेरिकाले सञ्चालन गरेको आर्थिक राहत संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
राष्ट्रिय विपत्तिको यस कठिन घडीमा राहत संकलन अभियानमा सक्रियतापूर्वक खटिनुहुने सम्पूर्ण च्याप्टर समितिहरू तथा च्याप्टरमार्फत स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्नुहुने प्रत्येक सहयोगी दाताप्रति नेपाली जनसम्पर्क समिति, अमेरिका हार्दिक कृतज्ञता प्रकट गर्दछ।
यस अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अभियानका संयोजक एवं संस्थाका वरिष्ठ उपसभापति श्री विनोद भट्ट तथा सदस्यहरू महामन्त्री श्री नारायण खनाल, कोषाध्यक्ष श्री नारायण पोख्रेल, युवा मामिला उपसभापति श्री महेन्द्र बस्नेत र सदस्य श्री हरि खनालजीलगायत केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्य साथीहरूको सक्रिय सहभागिता, सहयोग र समन्वयप्रति हार्दिक आभार प्रकट गर्दै विशेष धन्यवाद व्यक्त गर्दछु।
यहाँहरू सबैको सहयोग र सद्भावका कारण समितिले रु. १,०५,३३,९४४/-( अक्षरेपीः- एक करोड पॅाचलाख तेत्तिस हजार नौ सय चवालीस रूपैयॅा ) राहत रकम संकलन गर्न सफल भएका छौ । उक्त संकलित रकम एकमुष्ट रूपमा “ नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष” मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पुग्ने गरी जम्मा गरेका छौ ।
यस मानवीय अभियानलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने संस्थामा आबद्ध सम्पूर्ण साथीहरू, शुभेच्छुक मित्रहरू तथा सहयोगी दाताहरूप्रति हामी सदैव आभारी रहनेछौँ। राष्ट्रिय विपत्तिको यस दुःखद् घडीमा यहाँहरूले देखाउनुभएको मानवीय संवेदना, सद्भाव, सहयोग र एकताप्रति पुनः हार्दिक आभार एलं धन्यवाद व्यक्त गर्दछौं । जय नेपाल !

मुनिन्द्र नेम्बाङ
सभापति
नेपाली जनसम्पर्क समिति अमेरिका