अमेरिका स्थित प्राय: सबै तीज बिशेषको कार्यक्रमहरू स्थगित;कान्ति टाईम्स
लस एन्जलस ,क्यालिफोर्निया॥ नेपालमा अप्रत्याशितबाढी तथा प्राकृतिक विपद्को वर्तमान विषम परिस्थितिलाई दृष्टिगत गर्दै अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायको आयोजनामा सञ्चालन हुन गइरहेका तीज विशेषकार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ।

जसकारण उत्पन्न मानवीय संकटप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्न उक्त कार्यक्रमहरू स्थगित गरिए को सम्बन्धित समुदायद्धारा जानकारी गराईएको छ।विपद्को यस संवेदनशील अवस्थामा उत्सवभन्दा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र प्रभावित समुदायप्रतिको ऐक्यबद्धतालाई प्राथमिकता दिनु आवश्यक रहेको आयोजकहरूले बताएका छन्।तथा कार्यक्रम हरूबारे जानकारी नभएमा सम्बन्धित समुदाय,संस्था,संघ तथा आयोजकहरूलाई सम्पर्क गरेर मात्र सम्बन्धित कार्यक्रममा सहभागिता जनाउन सम्बन्धित आयोजक प्रमुखहरूले अनुरोध गरेका हुन।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नेपाली नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि हार्दिक शुभकामना।