पद र कुर्सी मेरो प्राथमिकताको विषय होईन जनविश्वास नै मेरो शक्ति हो:सभापति खत्री
कान्ति टाईम्स संवाददाता२०८३ आश्विन १२ गते ०२:२१ AM
गौरीशंकर ४ दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै स्थानीय तहमा पार्टीको सांगठनिक गतिविधि पनि तीव्र बन्दै गएको छ। यसै क्रममा गौरीशंकर गाउँपालिका–४ मा शिवहरि खत्री नेपाली कांग्रेसको वडा सभापतिमा पुन:निर्विरोध निर्वाचित भएका छन्।खत्री गत स्थानीय तहको निर्वाचनमा सम्बन्धित स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि र निवर्तमान पार्टी सभापति समेत हुन्।नेता खत्रीले लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको विभिद अभियानहरूमा सहभागी हुँदै स्थानीय जनताहरू सँगै रही जनताहरूको मन र विश्वास जित्दै स्थानीय जनप्रतिनिधिका रूपमा जनताको सेवा गर्दै आईरहेका छन।आफ्नो प्राण छउन्जेल नेपाली काङ्ग्रेसको मूलभूत सिद्धान्त राष्ट्रियता!! लोकतन्त्र र समाजवाद लाई आत्मसात गर्दै अझ पनि जनताको सेवामा समर्पित हुन चाईरहेको सभापति खत्रीको गुनासो छ।
शिवहरि खत्री – सभापति (नेपाली काङ्ग्रेस ) तथा निर्वाचित जनप्रतिनिधि गौरीशंकर गाउपालीका वडा नं ४ ,दोलखा ,१५ अौं महाधिवेशन
आफू पदमा होस या नहोस सधैं जनभावना र जनसरोकारका सवालमा सधैं कटीबद्ध रहीरहने कुरा नेता खत्रीले बताएका हुन्। नचाहादा नचाहदै पनि कुनै न कुनै जनताको चित नबुझ्ने कुरा सुवेदीको अनुभववाट पाएको पनि उनले बताए ।आगामाी समयमा ती सबैको विश्वास जित्नेगरी जनताको काम गर्ने कुरा पनि सुवेदीले बताएका हुन्।पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र समयको मागअनुसारको पुस्तान्तरणका निमित गगन थापा नेतृत्वको महाधिवेशन एकदमै समयसापेक्ष ,दुरदर्शी र औचित्यपूर्ण रहेको सभापति खत्रीको दावी छ।सभापति शिवहरि खत्रीको सभापतित्वमा दुर्गा बहादुर बुढाथोकी उपसभापति ,साङगेल्मु शेर्पा उपसभापति(महिला)
फुरगेली शेर्पा(सचिव),लोङा शेर्पा (कोषाधय्यक्ष) सहित जम्मा १३ सदस्यीय वडा कार्यसमिति र २३ जना क्षेत्रीय प्रतिनिधि चयन भएको हो।
वडा तहबाट सुरु हुने अधिवेशनले कांग्रेसको संगठनलाई स्थानीयस्तरमा थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। खत्रीको निर्विरोध निर्वाचनले वडा तहमा सहमति र सहकार्यका माध्यमबाट नेतृत्व चयनको सन्देश पनि दिएको हो।
नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीको संगठन, नेतृत्व र आगामी राजनीतिक यात्राबारे बहस भइरहेका बेला गौरीशंकर–४ को नयाँ नेतृत्वले पनि स्थानीय संगठनलाई थप सक्रिय र जनतासँग जोड्ने चुनौती पाएको छ।
“इतिहास बोकेर भविष्य बनाउन, कांग्रेसको अबको यात्रा” भन्ने नारासहित अघि बढाइएको अभियानले कांग्रेसको ऐतिहासिक राजनीतिक विरासतलाई सम्मान गर्दै बदलिँदो समय र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउने सन्देश बोकेको छ।
सभापति खत्रीको नेतृत्वमा वडा संगठनलाई थप मजबुत बनाउँदै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षालाई पार्टीको राजनीतिक गतिविधिसँग जोड्ने विषय अब महत्वपूर्ण रहनेछ। निर्विरोध निर्वाचित नेतृत्वका लागि पार्टीभित्रको सहमति कायम राख्दै संगठन विस्तार र कार्यकर्ताबीच समन्वय गर्नु आगामी जिम्मेवारीका रूपमा रहनेछ।
गौरीशंकर–४ बाट सुरु भएको यो नेतृत्व चयनको प्रक्रियाले आगामी महाधिवेशनका लागि स्थानीय तहदेखि नै संगठन निर्माण, सहमति र नेतृत्व विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
“खत्री पद र कुर्सी भन्दापनि जनताको सेवा गरी जनविश्वास जितेका युवा नेता हुन्।”