२०८३ आषाढ १६ गते ०६:१३ PM
जनकपुर। जनकपुरधाममा जारी निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा एपीएफ र बागमती प्रदेशका महिला टिम विजयी भएका छन् । मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई एपिएफले ७ विकेटले पराजित गर्यो । पहिलो व्याटिङ्ग गर्दै सुदूरपश्चिम प्रदेशका महिला क्रिकेट टिमले १८ ओभर खेल्दै १० विकेटको क्षतिमा ६७ रन बनाएको थियो । सुदूरपश्चिमका तर्फबाट करुणा विष्टले १४ रन बनाए पनि अन्य खेलाडीले दोहो अङ्कमा रन जोड्न सकेनन् । एपिएफका तर्फबाट सवनम राई २, सीता रानामगरले २, कविता जोशी, राजमति ऐरी र रेवती धामीले समान १–१ विकेट लिएका थिए । ६८ रनको लक्ष्य सहित खेल मैदानमा आएको…