नेपाली काङ्ग्रेस गौरीशंकर ३ को सभापतिमा ३० बर्षीय आचार्य निर्विरोध निर्वाचित
कान्ति टाईम्स संवाददाता२०८३ आश्विन ११ गते ०७:४३ AM
गौरीशंकर ३ दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहमा अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै गौरीशंकर गाउँपालिका–३ मा पनि नयाँ वडा नेतृत्व सर्वसम्मत चयन भएको छ। वडा अधिवेशनबाट ३० बर्षीय राजेश आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।आचार्य विगत लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको विभिद कालखण्डका विभिद अभियानहरूमा सक्रिय रही नेपाली काङ्ग्रेसको मूलभूत सिद्धान्त राष्ट्रियता,लोकतन्त्र र समाजवादमा समर्पित नेता हुन्।
B.ed राजेश आचार्य -निर्वाचित सभापति (नेपाली काङ्ग्रेस) गौरीशंकर गाउपालीका वडा नं ३ ,दोलखा १५ आौं अधिवेशनसरिता बस्नेत -निर्वाचित उपसभापति (नेपाली काङ्ग्रेस ) गौरीशंकर गाउपालीका वडा नं ३ ,दोलखा १५ आौं अधिवेशनफूर्वातेन्डूप शेर्पा -निर्वाचित उपसभापति (नेपाली काङ्ग्रेस ) गौरीशंकर गाउपालीका वडा नं ३ ,दोलखा १५ आौं अधिवेशनप्रेम कुमार तमाङ -जेनZ-सचिव(नेपाली काङ्ग्रेस ) गौरीशंकर गाउपालीका वडा नं ३ ,दोलखा ,१५ आौं अधिवेशन B.sc
सभापति आचार्य नेतृत्वको नयाँ कार्यसमितिमा फुर्वातेन्डुप शेर्पा खुल्ला तर्फबाट र सरिता बस्नेत महिला तर्फको कोटाबाट उपसभापतिमा तथा प्रेम कुमार तामाङ सह–सचिव तथा अन्य १२ सदस्यीय वडा समिति निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयनसँगै वडा तहमा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने जिम्मेवारी नवनिर्वाचित पदाधिकारीको काँधमा आएको हो।यस्तो छ नवनिर्वाचित पदाधिकारीको विवरण:
११.वरूणसिं लामा १२.तेम्फुरी शेर्पा १३.पासपुटी शेर्पा
१४.केशव बस्नेत १५. ढाल व बस्नेत १६.मोहन व खत्री
१७.खम्व व खत्री १८.श्याम व तमाङ १९.अमृत व बस्नेत
२०.कुमार बस्नेत
नेपाली काङ्ग्रेसको विधानवमोजिम नवनिर्वाचित सभापति पदेन सदस्य वा स्वत क्षेत्रीय प्रतिनिधि हुने भएकोले सभापति स्वयं पनि क्षेत्रीय प्रतिनिधि रहेको नेता आचार्यले बताएका हुन।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाएको थियो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने छ।
यही महाधिवेशन प्रक्रियाको महत्वपूर्ण आधारका रूपमा रहेको वडा तहको नेतृत्व चयनले स्थानीय संगठन निर्माणमा पनि प्रभाव पार्ने देखिन्छ। गौरीशंकर–३ बाट निर्वाचित नेतृत्वले अब पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा काम गर्ने अपेक्षा गरिएको छ।
आचार्य नेतृत्वको नवनिर्वाचित समितिले पुस्तान्तरणलाई केन्द्रमा राख्दै ‘इतिहास बोकेर भविष्य बनाउने, कांग्रेसको अवको यात्रा’ भन्ने नारालाई जोडतोडका साथ अघि सारिएको छ। साथै ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’लाई मूल वैचारिक आधारका रूपमा आत्मसात गर्ने प्रतिबद्धता वव्यक्त गरिएको छ।
वडा तहबाट सुरु भएको नेतृत्व चयनको यो प्रक्रियाले १५औँ महाधिवेशनका लागि आवश्यक संगठनात्मक आधार निर्माण गर्नेछ। गौरीशंकर–३ मा निर्वाचित सभापति राजेश आचार्य नेतृत्वको नयाँ कार्यसमितिले जनताको आवश्यकता, पार्टी संगठन र जनतासँगको सम्बन्धलाई कसरी अघि बढाउँछ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।
नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते हुने तय गरिएको छ।