नेपाली समुदाय

सुदुरपश्चिम नेपाली समाज,क्यालिफोर्नियाले गर्यो बाढीपीडितलाई करिव ६ लाख सहयोग :कान्ति टाईम्स

लस एन्जलस ,क्यालिफोर्निया॥ नेपालको रसुवा र नुवाकोटस्थित गत मिति २०८३ साल भाद्र  १० गते विहान त्रिशुली र भोटेकोसी  नदीको तटीय क्षेत्रमा तिब्बतको  केरूङ क्षेत्रबाट अप्रत्याशित तवरबाट आएको दुखद बाढीका कारण  त्यस क्षेत्रमा मानवीय  तथा भौतिक रूपमा अकल्पनीय क्षति  भएको थियो।वास्तवमै  सो  क्षति कल्पना र मानवीय संवेदना भन्दा धेरै बाहिरको कुरा हो। क्षतिपश्चात नेपाल र नेपालबाहिर विशेषगरी कर्मको शिलशिलामा संसारभरि छरिएर रहेका नेपाली नागरिकहरूले स्वतस्फूर्तरूपमा  ब्यक्तिगत र संस्थागत हिसाबले आम नागरिकहरू राष्ट्र र आफ्नो मातृभूमिका लागि देखाएको चासो र देशभक्तिले फेरि नयाँ आसा पलाउने कुरामा विविश्वस्त रहेको कुरा आम  नागरिकको पछिल्ला सामाजिक गतिविधि  हेरेर  सहजै आकलन गर्न सकिन्छ।र नेपाली  नागरिकलाई देशको माया कति रहेछ भन्ने कुरा पछिल्ला गतिविधि हरूबाट छर्लङ्ग देख्न सकिन्छ।

यसैगरी संयुक्त राज्य अमेरिका स्थित सुदरपश्चिम नेपाली समाज क्यालिफोर्नियाले पनि बाढीका कारण परेको प्रभावित क्षेत्रका नागरिकको उद्धार,राहत तथा पुनः स्थापनाको लागि भनेर रू पाँच लाख अठासी हजार तीनसय उनासी रूपैयाँ एकतिस पैसा(रू५,८८,३७९.३१) अर्थात ३८८५.५१ अमेरिकी डलर  सहयोग गरेको छ।समाजले सन् २०२६ सेप्टेम्बर,६ मा गर्ने भनिएको यस बर्षको नारीहरूको महान पर्वहरितालिका तीज बिशेषको कार्यक्रमलाई थाँती राखेर नेपालको र नेपाली समुदायमा परेको दुखका बेला त्यस्ता कार्यक्रम गरेर  रमाउनु  सुदुरपश्चिम नेपाली समाजको संस्कार र मानवीय संवेदनाको विपरित हुने अनुभूति गरेर कार्यक्रम लाई रद्ध गरिएको कुराको जानकारी समाजका अध्यक्ष दल बोगटीले दिनुभएको छ।

तस्बिर/ सुदूरपश्चिम समाज क्यालिफोर्निया

सुदुरपश्चिम समाज ;देश,नेपाली जनता ,मानवीय संकट र विपदको  घडीमा सधैं अग्रसर रहिआएको र रहीरहने कुरा   समेत बतअउनुभएको छ।समाजका सबै सदस्यहरू पनि यस कुरामा प्रतिबद्ध रहेको र दुखका बेला सबै एकताबद्ध रहेको जानकारी उहाले दीनुभएको छ।समाजले अरू संस्थाहरू र देशविदेशमा रहेका नेपाली हरूलाई सहयोग गर्न र विपदलाई मलमपट्टी लगाउन आवहन समेत गरिरहेको कुरा बोगटीले कान्ति टाईम्स संग बताउनुभएको छ।समाजको यस सहयोगले देशलाई र विपदको घडीलाई थोरै भएपनि मलमपट्टी हुने कुरामा विश्वस्त रहेको समाजको दावी छ।समाजले नेपालीहरू जहाँ भएपनि ,मन भने सधैं नेपालमै हुन्छ भन्दै आफ्नो पेजबाट आफूहरूले सक्दो सहयोग गरेको कुरा जानकारी गर्दै अरूलाई पनि सक्दो सहयोग गर्न अपिल गरेको छ।

समाजको पानाबाट:

🇳🇵मन जहाँ भए पनि, नेपाली मन सधैं नेपालमै हुन्छ🇳🇵

विदेशी भूमिमा रहेर आफ्नो परिवार, समाज र देशबाट टाढा बस्नुपर्दाको पीडा हामी नेपालीले राम्ररी बुझेका छौँ। यहाँ हामी आफ्नो भविष्यका लागि दुःख–कष्ट गर्दै, पसिना बगाउँदै जीवन बिताइरहेका छौँ। तर जब आफ्नै मातृभूमि नेपालमा प्राकृतिक विपत्ति आउँछ, दाजुभाइ तथा दिदीबहिनीहरू बाढी, पहिरो र विपत्तिमा पर्नुहुन्छ, हाम्रो मन पनि त्यहीँ नेपालमै पुग्छ।

आज नेपालमा परेको यो दुःखद परिस्थितिमा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आफूले सकेको सानो सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसी र भाग्यमानी महसुस गरेका छौँ। 🙏🏻
रकम सानो वा ठूलो हुन सक्छ, तर यसको पछाडि जोडिएको भावना र माया ठूलो हुन्छ।
हामीले पठाएको यो सानो सहयोगले कसैको घरमा एक छाक खाना, कसैको अनुहारमा मुस्कान र कसैको जीवनमा थोरै भए पनि आशा ल्याउन सकोस् भन्ने हाम्रो चाहना हो।

हामी जहाँ भए पनि, हाम्रो मुटु नेपाली हो।
हाम्रो पहिचान नेपाली हो।
र नेपाललाई दुःख पर्दा सहयोग गर्न पाउनु नै हाम्रो सौभाग्य हो।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गर्दछौँ।

नेपाल आमाको जय होस्।
मानवीय सेवामा हातेमालो गरौँ। 🙏🏻

Sudurpaschim Samaj Los Angeles California