PFA को वृहत बार्षिक सम्मेलन नेवाडा राज्यस्थित लस भेगस शहरको Wynn भन्यूमा हुँदै:नेपाली सम्प्रदायको बढ्दो आकर्षण
के हो त PFA?
लस एन्जलस, क्यालिफोर्निया । २००३ मा सीईओ डेभिड क्यारोलद्वारा स्थापित, primmer financial alliance (PFA) एक स्वतन्त्र वित्तीय सेवा प्रदायक व्यवसायीक संस्था हो जुन जर्जियाको सुवानीमा मुख्यालय रहेको छ। संस्था ले बहु-स्तरीय मार्केटिंग मोडेलमा संस्था सञ्चालन गर्दै, विश्वव्यापी जीवन बीमा, सेवानिवृत्ति योजना, आफू जिवित हुदै विमाको लाभ र सम्पत्ति सुरक्षा सहित अन्य विभिद जिवन विमा पोलिसीमा विशेष रहेको छ। PFA ले बीमा तथा वित्तीय उत्पादनहरूका लागि एक स्वतन्त्र ब्रोकरेज सञ्जालको रूपमा काम गर्दछ। सन् २००० को दशकको मध्यतिर, कम्पनीले ‘इन्डेक्स्ड युनिभर्सल लाइफ’ (IUL) बीमाको वितरणका लागि ‘नेशनल लाइफ ग्रुप’ जस्ता प्रदायकहरूसँग सहकार्य गर्दै एक बलियो सञ्जाल निर्माण गर्यो।फलस्वरूप हाल १.५ मिलियन (१५ लाख )जना भन्दा बढी सेवाग्राही हरूले यस जिवन विमा कम्पनीबाट सेवा लिईरहेका छन् भने करिव ५०००० जना भन्दा बढी एजेन्टहरूले “नेशनल लाईफ ग्रुप”मार्फत जीवन विमा सेवा दिईरहेका छन्।

वार्षिक सम्मेलन :
PFA ले संस्थाको बार्षिक सम्मेलन (महाधिवेशन ) हरेक बर्ष अमेरिकाका ५० वटै राज्यको एउटै राष्ट्रिय सम्मेलन नेवाडा राज्यस्थित लस भेगस शहरमा गर्दै आईरहेको छ।तदनुसार यस बर्ष(सन्२०२६) को कन्भेनसन पनि सोही शहरमा हुने भएको छ।कन्भेन्सनमा उत्कृष्ट प्रेरणादायी प्रवचन ,फाईनान्सियल म्यानेजमेन्ट,फाइनान्सियल सेक्युरिटी आईडियाज्,फ्यूचर सेक्युरिटी ,लाईफ ईन्स्योरेनेसका फाईदा तथा उपयोगीता जस्ता उत्कृष्ट जिवनपयोगी विषयमा उत्कृष्ट प्रोफेसरहरूबाट प्रत्यक्ष सुन्न र लाईभ देख्न पाईने भएकोले यो कन्भेनसन अत्यन्तै जीवनपोगी हुने अनुमान गरिएको छ।
कन्भेनसन विवरण:
मिति: सन 2026 जुलाई 4-जुलाई 8(५दीन)
स्थान :नेवाडा ,लस भेगस, Wynn
Check in/registeration: saturday july 4
9:00am-5:00 pm (PT)
मुख्य वक्ताहरू/आकर्षण:
•डेभिड सि क्यार्रोल (सि•ई•ओ)PFA
•ज्याक ओउ (ई•एफ•सि)PFA
मेहर्रान अस्साडी(सि•ई•ओ)National Life Group
र अन्य मोटिभेस्नल स्पीकर्स