हामी तपाईहरू भन्दा अग्लो हुन चाहान्छौं तर तपाईहरूको खुट्टा काटेर होईन:गगन थापा
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ऐतिहासिक महाधिवेशनमा अतिथिको रूपमा पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले गरेको सम्बोधनलाई केही भिन्न र विशेष तरिकाले टिका टिप्पणी गरिएको छ।
किनकि थापाले सम्बोधनमात्र गरेनन् ,एउटा अनुभवी राजनितिज्ञ ,सवल प्रतिपक्ष र राजनीतिक संकार के हो त्यसलाई पनि स्पष्टसँग उदाहरण् प्रस्तुत गरिदएका छन्।उसै पनि उनी आन्दोलनबाट खारिएर उदाएका नेता हुन् ।त्यसमा पनि अहिले त झन् प्रमुख प्रतिपक्षी दल अनि नेपालको लोकतान्त्रि आन्दोलनको पुरानो विरासत बोकेको पार्टीको सभापतिको जिम्मेवारीबोध गर्नै पर्ने भएर होला उनीले शव्द-शव्दमा ओजन राखेर प्रस्तुती दिएका छन्।
”संवोधन सारांश:वजनदार प्रस्तुती,गगनको शव्दशव्दमा वैचारिकता
“थापाका संवोधन २० बुंदामा”
१.संवोधनको सुरूवातीमा थापाले रास्वपाको महाधिवेशन पूर्ण सफलताको कामना गरेका थिए भने रास्वपाले पार्टी स्थापनाको छोटो अवधिमै पाएको जनसमर्थन लोभलाग्दो भएको वताए।उनीले खुलेरै सो कुराको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
२.डेमोक्रेसी,रूल अफ ल,सोसियल जस्टिस।इन्क्लुजन,यो केवल संविधानमा सजाउन राखिएका विषयमात्र रहेनन् ,नेपाली सोसाइटीका डि.एन.ए मा यी सव कुराहरू घुलीएका छन्।
३.रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ।यसमा दुई मत छैन।यसको म मुक्तकण्ठले प्रशंसा गर्दछु।
३.नेपालका राजनीतिक दलहरूले करिव तीनचारपटक यस्ता यस्तै खाले जनमत प्राप्त गरे तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो।किन पर्यो?
-जुन दलले जनमत प्राप्त गर्यो त्यो दलका नेताहरूको अहंकारको बीचमा टकराव भयो,व्यक्तिहरूको वीचमा टकराव भयो,फलस्वरूप जनमत दुर्घटनामा पर्यो।
-जनमतले प्राप्त गरेर आर्जन गरेको शक्तिको सिमा हुन्छ भन्ने कुरा दलहरूले बुझेनन् ,सत्ताको उन्मातमा चढायो दलहरू अलोकतान्त्रिक र अप्रजातान्त्रिक बने।
४.जुनजुनबेला जनमत प्राप्त गरेका दलहरू दुर्घटनामा परे,आफूलाई सम्हाल्न सकेनन् ,त्यो वेला पहिलो सिकार स्वयं त्यही पार्टी भयो ,संगै रहेका अरू पार्टी हरू पनी सँगै सिकार भए ,डेमोक्रेसी र सिंगो प्रणाली सिकार बन्यो ,हाम्रो अधिकार कुण्ठित भयो,सिंगो जेनेरेसन प्रभावित भयो।
५.नेपाली काङ्ग्रेस रास्वपाको प्रतिश्प्रधि हो दुस्मन होईन
६.हामी अग्लो हुन चाहान्छौं तर तपाईहररूलाई होच्च्याएर होइन ,तपाईहररूको खुट्टा काटेर होइन ;मन वचन र कर्मले ईमान्दारीताका साथ काम गरेर हामी अग्लो हुन चाहान्छौं ।
७.हामी सफा हुन चाहान्छौं तर तपाईहररूलाई हिलो छ्यापेर होईन।आफ्नो पर्टीभित्रको फोहोर हटाएर सफा हुन चाहान्छौं ।
८.सरकारको कुनै एउटा जिम्मेवार मन्त्रीले कुनै नागरिकलाई रूखमा बाँध्नुपर्छ,खुट्टा भाँच्नुपर्छ भन्यो भने अौंला उठाउछौं।
९.विगतमा भएका गल्ती र अपराधहरूको सजाय दिने शिलशिलामा कानुनको डोरीले बाँध्दै गर्दा काङ्ग्रेसका नेता होस की नेताका बाउ होस थपडी वजाएर साथ दिन्छौं।
१०.नेपालले कुनै पनि देशको सिमा मिचेको छैन,मिच्न पनि दिदैनौं हामी मिच्दा पनि मिच्दैनौं भनेर रास्वपाले वोलेको दीन हामी रास्वपा भन्दा ठूलो स्वरमा थपडी बजाउँछौं।,
११.जननायक वि.पी कोइरालाले लगाउनुभएको जुत्ता मा खुट्टा हाल्न पाउनु मेरो लागि ठूलो कुरा हो,म गौरव गर्दछु।
१२.विगत १०-१२ वर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका गल्तीहरूप्रति ग्लानी गर्छु,शीर झुकाउछु र आत्मआलोचित हुन्छु।
१३.चुनाव जित्ने सरकारमा जाने अनि शक्ति आर्जन गर्ने ,त्यो शक्ति घरका लागि चाहिने,परिवारका लागि चाहिने आफ्ना लागि चाहिने ।
१४.सभापतीजी र साथीहरू, वाहिर लड्न सजिलो हुदोरहेछ घरभित्र लड्न धेरै गाह्रो हुदोरहेछ,किनकि त्यहाँ सम्बन्ध हुन्छ,नाता हुन्छ,मायाँ हुन्छ सम्मान हुन्छ।
१५.हामीले हाम्रा दलका नेताहरूलाई भगवान र वा बनाएर गल्ती गरीसक्यौ ,तपाईहरूले त्यो गल्ती नगर्नुहोला।गलत गर्दा आफ्नै नेताहरूलाई पनि प्रश्न गर्नुहोला।
१६.हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले अली अघि भन्न सक्नुपर्थ्यो तर सकेनौं जसकारण सजाय पनि भोग्यौ।त्यसबाट पनि सिक्नुहोला।
१७.कृपया पञ्चायत का ३० बर्षका संघर्षका कथाहरूलाई अन्डरमाईन्ड नगरीदिनुहोला।
१८.पञ्चायतहरूले काटेर,रेटेर गाड्दै गर्दा काङ्ग्रेसको झण्डा बोकेर जय नेपाल भन्नेहरू नै थिए,तर तीनले बोलेका कुरा तीनीहरूका लागि थिएन तपाईहरू,हामी र प्रजातन्त्रको लागि थियो।
१९.हाम्रो दुस्मन गरिवी हो अज्ञानता हो ,अक्षमता हो वेभेद हो।
२०.जहाँ विधि मिचिन्छ त्यहाँ तपाईहरूले काङ्ग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुनेछ।किनकि तपाईहररूको धर्म तपाईहरूले निभाउने हो ,हाम्रो धर्म हामीले निभाउने हो।